दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग संवैधानिक अदालतद्वारा सदर

अनलाइनसमय |
२१ चैत २०८१
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग संवैधानिक अदालतद्वारा सदर

काठमाडौं, २२ चैत । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ ।

दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेसँगै उनी पदमुक्त भएका छन् ।

युनले केही समयअघि मार्शल लको घोषणा गरेका थिए । उनले उत्तर कोरियाबाट खतरा र राजनीतिक गतिरोधलाई कारण देखाउँदै मार्शल ल लागू गरेपछि विरोध भएको थियो । त्यसकै कारण उनीमाथि महाअभियोग लगाइएको थियो ।

यस फैसला आउनुअघि यूनका समर्थक र विपक्षीहरू सडकमा उत्रिएका थिए । हिंसात्मक विरोध प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यहाँ प्रहरीहरू खटाइएको बीबीसीले उल्लेख गरेको छ ।

योललाई महाअभियोग लागेपछि त्यहाँका प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लगाइएको थियो । तर, उनको महाअभियोग अदालतले खारेज गरिदिएको थियो ।

कार्यवाहक राष्ट्रपति हान डक–सोले सार्वजनिक सुरक्षा व्यवस्था कायम राख्न आपत्कालीन अवस्था जारी गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अदालतको निर्णय अनुसार, अब ६० दिनभित्र कोरियामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्नुपर्नेछ । महाभियोगपछि अब त्यहाँ ६० दिनमा चुनाव गर्नुपर्नेछ । युनमाथि राजद्रोहको छुट्टै आरोप पनि लागेको छ , त्यसको छुट्टै सुनुवाइ हुने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस