मैले र गगनले कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ : महामन्त्री शर्मा

अनलाइनसमय |
१३ चैत २०८१
मैले र गगनले कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ : महामन्त्री शर्मा

काठमाडौं, १४ चैत । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको बैठकमा आफू र अर्का महामन्त्री गगन कुमार थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने मत राखेको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पार्टीको पदाधिकारी बैठकमा आफू र अर्का महामन्त्री थापाले कार्यकाल सकिन लागेका घिसिङलाई सरकारले हटाउन नहुने विषयमा मत राखेको बताएका हुन् ।

महामन्त्री शर्माले घिसिङलाई हटाएको विषयमा आफूहरूले सामाजिक सञ्जालमार्फत मात्रै नभएर संसद बैठकमा पनि विरोध गर्ने उल्लेख गरे । ‘पार्टीका दुई महामन्त्रीमाथि पनि नागरिक पंक्ति, सामाजिक सञ्जाल र मिडियाहरूबाट हामीले हेरेका छौं,’ उनले भने, ‘पार्टीको पदाधिकारी बैठकमा पनि हामीले हटाउन हुँदैन भनेर मन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका थियौँ । तर, पनि यो निर्णय भयो । कांग्रेसका मन्त्रीहरू महामन्त्री अन्तर्गत नै हुन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस