सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
७ चैत २०८१
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ चैत । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो बुधबार कायम भएको मूल्यमा नै किनबेच हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । गत मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेकोे छ । यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस