खाद्य व्यवस्था कम्पनी सञ्चालक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, आवेदन मागियो

अनलाइनसमय |
३ चैत २०८१
खाद्य व्यवस्था कम्पनी सञ्चालक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, आवेदन मागियो

काठमाडौं, ४ चैत । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै एक महिला सहित दुई विज्ञ सञ्चालक सदस्य पदमा दरखास्त आह्वान गरेको छ ।

कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायमा १० वर्षको अनुभव भएका नेपालीलाई ७ दिनभित्र आवेदन दिन भनिएको छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस