फागुनमा खस्कियो घरजग्गा कारोबार, उठ्यो ४ अर्ब राजस्व

अनलाइनसमय |
२ चैत २०८१
फागुनमा खस्कियो घरजग्गा कारोबार, उठ्यो ४ अर्ब राजस्व

काठमाडौं, ३ चैत । गत फागुनमा घरजग्गाको कारोबारबाट सवा चार अर्ब राजस्व उठेको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा घरजग्गा कारोबार बाट ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ, जुन माघको तुलनामा ६.४५ प्रतिशतले बढी हो । माघमा यस्तो कारोबारबाट ३ अर्ब ८७ करोड रुपैयाँ बराबर आम्दानी उठेको थियो ।

गत पुसमा घरजग्गा कारोबार र यसबाट हुने आम्दानी दुबैमा उछाल आएको थियो । यसबाट घरजग्गा कारोबार चलायमान हुँदै जाने आशा गरिएता पनि माघमा यसले निराशा थपेको थियो । फागुनमा माघको तुलनामा यसबाट उठ्ने राजस्वमा केही वृद्धि देखिएता पनि पुसको तुलनामा अझै ३ प्रतिशतले कम छ ।

फागुनमा सेवा करबाट २८ करोड ८४ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख रुपैयाँ संकलन भएको छ ।

यसैगरी माघको तुलनामा फागुनमा घरजग्गा कारोबार सङ्ख्या भने झन खस्किएको छ । फागुनमा ४६ हजार ६१ घरजग्गााको लिखत पारित भएको छ, जुन माघको तुलनामा ८ ले कम हो । माघमा ४६ हजार ६९ वटा घर जग्गाको कारोबार भएको थियो । गत पुसमा ४८ हजार १५५ घर जग्गा लिखत पारित भएका थिए ।

फागुनमो सुनसरीको इनरूवा मालपोतले सबैभन्दा बढी घरजग्गाको कारोबार गरेको छ । त्यहाँबाट १ हजार ८४७ घरजग्गा लिखत पारित भएको छ । सुनसरीपछि झापाको भद्रपुर मालपोतबाट १ हजार ७१२ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै बेलबारी मोरङबाट १ हजार ५७५, धनुसा मालपोतबाट १ हजार ५४९, सप्तरी मालपोतबाट १ हजार १८७ र दाङ मालपोत कार्यालयबाट ९८५ घरजग्गाको कारोबार भएको छ ।

काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुरले गेरेको देखिन्छ । भक्तपुर मालपोतले फागुनमा ९०८ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले ८४० र कलङ्की मालपोतले ६२१ र साँखू मालपोतले ४६८ वटा घरजग्गाको कारोबार गरेको छ ।

८ महिनामा भएको घरजग्गा कारोबार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस