आइतबार २१.६३ अङ्कले घट्यो नेप्से, करिब ७ अर्बको कारोबार

अनलाइनसमय |
२ चैत २०८१
आइतबार २१.६३ अङ्कले घट्यो नेप्से, करिब ७ अर्बको कारोबार

काठमाडौं, ३ चैत । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब २५ करोड ५२ लाख रुपैयाँ कारोबार भएको थियो ।

आज ३१ धितोपत्रको शेयर मूल्य बढ्दा २०७ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार व्यापार समूहको उपसूचक ४ दशमलव ९२ प्रतिशतले बढेको छ । यसबाहेक बाँकी सबै उपसूचकमा ह्रास आएको छ । यसदिन विकास बैंक समूहको उपसूचक सर्वाधिक २ दशमलव २५ प्रतिशतले घटेको छ । त्यसैगरी लगानी १ दशमलव ७२, अन्य १ दशमलव ५२, फाइनान्स १ दशमलव ३९ र हाइड्रोपावर समूहको उपसूचक १ दशमलव २९ ले बढेको छ ।

आज समुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ दशमलव १९ प्रतिशतले बढ्दा विशाल बजार कम्जनीको ५ दशमलव ३४ र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४ दशमलव ४३ प्रतिशतले बढेको छ ।
आज ग्रिन डेभलपमेन्ट बैंकको ७ दशमलव ९१, पीपुल्स हाइड्रोपावरको ७ दशमलव ३३, वीन नेपाल लघुवित्तको ६ दशमलव ६३ र प्रभु इन्स्योरेन्स कम्पनीको ६ दशमलव ३७ प्रतिशत शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस