काठमाडौं, ३ चैत । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम हुन् । काठमाडौं आउने तयारी गरेका बेला उनलाई चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।