काठमाडौं, २८ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भने केही सुधार आएको छ । एक हप्ता लगातार घटेको नेप्से बुधबार भने १७ दशमलव २८ अङ्कले बढेको हो ।
यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ७ सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । मंगलबार ३२.२१ अङ्कले घटेको नेप्से २,७१९ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढेता पनि कारोबार रकम भने झन घटेको छ । मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर ७९ हजार २३६ पटक किनबेच भएको छ ।
बुधबार ३२३ धितोपत्र कारोबारमा आए, जसमध्ये १४६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८८ धितोपत्रको मूल्य घटेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये विकास बैंक र माइक्रोफाइनान्स समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन लगानी समूहको उपसूचक सबैभन्दा धेरै १.७६ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको ०.८५, होटल एन्ड टुरिजम र जीवन बीमाको समान ०.६४, विकास बैंकको ०.५३, निर्जीवन बीमाको ०.४०, व्यापार समूहको ०.२१, उत्पादनमुलक समूहको ०.१८, म्युचुअल फन्डको १.१०, फाइनान्सको ०.०२ र अन्य समूहको उपसूचक १.५७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बुधबार पीपुल्स हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.७९ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोको ६.७१, मनकामना इनर्जिङ हाइड्रोको ६.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८७, इस्टर्न हाइड्रोको ३.४९ र सप्तकोशी विकास बैंकको २.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि छन् ।