काठमाडौं, २८ फागुन । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत २० गते हुने छ ।