काठमाडौं, २५ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । यसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।
बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी चैत १७ गतेमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।
यसका लागि न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।