काठमाडौं, २२ फागुन । नक्कली फेसबुक आइडी खोलेर ठगी गर्दै आएको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको ज्वालामूखी गाउँपालिका ७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका ५ लोलाङमा २७ वर्षीय नारायणदत्त खकुराल पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नामको नक्कली फेसबुक आइडी बनाएर उनीहरूका आफन्तसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको बहाना बनाएर ठगी गर्दै आएका आरोपमा उनलाई पक्राउ गरिएको हो ।
खकुराललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लोलाङ हाईटबाट मंगलबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।