नेप्सेमा १३.६२ अंकको गिरावट, परिसूचक २,८७६.६६ मा बन्द

अनलाइनसमय |
१९ फागुन २०८१
नेप्सेमा १३.६२ अंकको गिरावट, परिसूचक २,८७६.६६ मा बन्द

काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा आज (सोमवार) १३.६२ अंकले गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २,८७६.६६ बिन्दुमा पुगेर बन्द भएको छ।

आजको कारोबारमा कुल १४ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कुल ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर कारोबार भएका छन् भने १ लाख ३९ हजार ५५५ पटक कारोबार सम्पन्न भएको छ। कारोबार भएका कम्पनीहरूको संख्या ३०० रहेको छ। नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण ४७ खर्ब ७६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने फ्लोट बजार पूँजीकरण १५ खर्ब ९५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

सोमवारको बजारमा ५१ कम्पनीको सेयर मूल्य वृद्धि, १८७ कम्पनीको सेयर मूल्य गिरावट, तथा ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। कारोबारको सुरुवातमा नेप्से परिसूचकले सकारात्मक गति लिएको भए पनि, कारोबारको मध्य भागदेखि गिरावट देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस