काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘फेसबुक’मा एक स्टाटस राख्दै शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेको भन्दै प्रधानमन्त्री ओलीले आवेदन दिन विद्यार्थीलाई अनुरोध गरेका हुन् ।
अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिटमा खाली रहेको छ ।
उनले फेसबुकका लेखेका छन्, ‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला ।’
