काठमाडौं, १३ फागुन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीको कुल १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावि लाभांश बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।