काठमाडौं, १२ फागुन । अर्थ मन्त्रालयले राजस्व प्रशासनमा गर्नुपर्ने सुधार सम्बन्धमा सरोकारवालासँग सुझाव मागेको छ ।
मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले सोमबार सूचना प्रकाशन गरेर आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि राजस्व प्रशासनमा गर्नुपर्ने सुधारबारे सुझाव मागेको हो । समितिले ३१ चैतसम्म सुझाव पठाउन भनेको छ ।
समिति अन्तर्गत विभिन्न उपसमिति बनाइएका छन् । त्यस्तो सुझाव यी उपसमितिमा समेत पठाउन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
आर्थिक ऐनमा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्यअभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवं राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान लगायत समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा निजी क्षेत्र, सरकारी निकाय एवं सरोकार राख्ने सबैलाई सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।
सुझाव राजस्व परामर्श उपसमिति अर्थ मन्त्रालयसँगै विषयगत सुझाव अन्तरिक राजस्व विभाग, भन्सार विभाग, उद्योग वाणिज्य मन्त्रालयमा सुझाव दिन सकिनेछ ।