काठमाडौं, ९ फागुन । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।