आयात–निर्यात दुवैमा सुधार, ७ महिनामा सवा ११ खर्बको व्यापार

अनलाइनसमय |
८ फागुन २०८१
आयात–निर्यात दुवैमा सुधार, ७ महिनामा सवा ११ खर्बको व्यापार

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को सात महिनामा सवा ११ खर्बको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार माघ मसान्तसम्ममा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १३ दशमलव ३० प्रतिशत बढी हो । गत आवको ७ महिनामा ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको व्यापार भएको थियो ।

चालू आवको माघमा आयात र निर्यात दुवैमा सुधार भएको तथ्याङ्कले देखाउँछ । गत माघसम्ममा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १० दशमलव ०९ प्रतिशत धेरै हो । गत आवमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको भित्रिएको थियो । यसैगरी निर्यात ४६ दशमलव ५० प्रतिशतले बढेको छ । गत आवको माघसम्ममा ८६ अर्ब ८३ करोड  रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा  १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको भएको छ ।

आवको ७ महिनामा नेपाललाई ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । गत आवमा यस्तो घाटा ८ खर्ब ११ अर्ब ११ करोड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस