काठमाडौं, ८ फागुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
कार्यालयले (कक्षा ११, १२)को २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरुको परीक्षा हुनेछ ।
यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो ।
परीक्षा बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन हुनेछ ।
