काठमाडौं, ५ फागुन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक २९ दशमलव ८७ अङ्कले बढेर २ हजार ७२७ दशमलव ९१ को विन्दुमा बन्द भएको छ । आइतबार परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २६९८ को बिन्दुमा कायम भएको थियो ।
आज कारोबार रकम समेत बढेको छ । यस दिन १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर १ लाख २ हजार ८६१ पटक किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ९ अर्ब ४७ ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार ३०२ धितोपत्र कारोबारमा आए, जसमध्ये १६६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७४ धितोपत्रको मूल्य बढेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज फाइनान्स, हाइड्रोपावर र व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन माइक्रोफाइनान्स समूहको उपसूचक सर्वाधिक २ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङको २.१६, होटल एन्ड टुरिजमको २.२९, निर्जीवन बीमाको १.१२, जीवन बीमाको ०.८९, उत्पादनमुलक समूहको ०.७७, म्युचुअल फन्डको ०.५२, विकास बैंकको ०.३३, लगानी समूहको ०.२० र अन्य समूहको उपसूचक २.४३ प्रतिशतले बढेको छ ।
सोमबार ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर छन् । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्स फन्डको ९.४९, भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको ९.४५ र समाज लघुवित्तको ८.५१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कुमारी सबल योजनाको ६, सेन्ट्रल फाइनान्सको ४.५७, ग्रीन डेभलपमेन्ट बैंकको ४.२३, बेस्ट फाइनान्सको ३.८६ र पीपुल्स हाइड्रोपावरको ३.०२ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अगाडि छन् ।