तोलमा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
४ फागुन २०८१
तोलमा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ फागुन । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस