काठमाडौं, २ फागुन । दक्षिण पश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी)े विस्फोटमा १० जना मृत्यु भएको छ ।
स्थानीय सरकारी अधिकारी सलिम तारीनका अनुसार शुक्रबार मजदुरहरूको एक समूह हर्नाइ जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोट भएको हो ।
प्रधानमन्त्री शाहबाज सरिफले एक वक्तव्य जारी गर्दै देशबाट आतङ्कवादको खतरालाई उन्मूलन गर्न सक्रिय रूपमा काम गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएका छन् ।
तर कुनै पनि समूहले यस आक्रमणको दाबी गरेको छैन । यद्यपि बलुच लिबरेसन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह मानिन्छ । प्रायः यो समूहले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू विरुद्ध घातक आक्रमण गर्दछन् ।
बाहिरीहरूले पाकिस्तानको सबैभन्दा गरीब भागका बासिन्दाहरूलाई बाहिर राख्दै स्रोत–समृद्ध क्षेत्रको शोषण गरेको आरोप लगाउँदै समूहले विशेषगरी चीनबाट विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ । यस महिनाको सुरुमा बलुचिस्तानको एक सहरमा सैनिक बोकेको सवारी साधनमाथि सडक अवरुद्ध गरेका ७० देखि ८० आक्रमणकारीले गोली प्रहार गरेका थिए ।