७ महिनामै बाहिरियो विराटनगर भन्सारबाट एक अर्बको प्लाइउड

अनलाइनसमय |
२ फागुन २०८१
७ महिनामै बाहिरियो विराटनगर भन्सारबाट एक अर्बको प्लाइउड

काठमाडौं, २ फागुन । चालू आर्थिक वर्ष (आव)को ७ महिनामा विराटनगर भन्सारबाट एक अर्बको प्लाइउड बाहिरिएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत माघ मसान्तसम्ममा १ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको २५ लाख ९७ हजार ३४ मेट्रिक टन प्लाइउड बाहिरिएको हो, जुन मूल्यका आधारमा गत आवको यसै अवधिको तुलनामा ९ दशमलव ९७ प्रतिशत बढी हो । गत आवको माघसम्ममा यो भन्सारबाट ९२ करोड रुपैयाँको बराबरको ९० लाख ५२ हजार ८९ मेट्रिक टन निर्यात भएको थियो ।

माघ महिनामा मात्रै १५ करोड ९९ लाख रुपैयाँ बराबरको ४ लाख ६४ हजार ५४१ मेट्रिक टन निर्यात भएको विराटनगर भन्सार कार्यालयको तथ्याङ्क छ ।

आवको ७ महिनामा विराटनगर भन्सार कार्यालयले १ खर्ब ४२ अर्ब ६१ करोड ७४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये १ खर्ब १२ अर्ब १ करोड ४६ लाखको आयात हुँदा ३० अर्ब ६० करोड २८ लाख रुपैयाँको मात्र निर्यात भएको छ । गत आवको यसै अवधिको तुलनामा २३ दशमलव ९० प्रतिशत बढी हो । सो वर्षको ७ महिनामा १ खर्ब १५ अर्ब १० करोड ५१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस