नेप्सेमा ७.३६ अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
१ फागुन २०८१
नेप्सेमा ७.३६ अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

काठमाडौं, १ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशमलव २६ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७८ दशमलव ४७ को विन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १ दशमलव ८६ अङ्कले बढेर २६८५ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर ७८ हजार ८३५ पटक किनबेच हुँदा ७ अर्ब ९१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ७१ करोड ७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार ३०२ धितोपत्र कारोबारमा आए, जसमध्ये १६२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७६ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । यस दिन विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै ०.९५ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको ०.९०, निर्जीवन बीमाको ०.८७, होटल एन्ड टुरिजमको ०.५८, उत्पादनमुलक समूहको ०.४७, बैंकिङ समूहको ०.२३, जीवन बीमाको ०.१४, म्युचुअल फनडको ०.०८, व्यापारको ०.०१ र अन्य समूहको उपसूचक ०.१० प्रतिशतले घटेको छ ।

आज फाइनान्सको १.८८, लगानी समूहको ०.५२ र माइक्रोफाइनान्स समूहको उपसूचक ०.१७ प्रतिशतले बढेको छ
बिहीबार मातृभूमि लागुवित्त र कुमारी सबल योजनाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, पोखरा फाइनान्सको ९.९८, बाराही हाइड्रोपावरको ६.७७, मानुषी लघुवित्तको ६.१२ र रिलायन्स फाइनान्सको ६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

अमज न्यादी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्तको ४.९०, रिभर फल्स पावरको ४.१०, एनएलजी इन्स्योरेन्सको ३.५१ र रसुवागढी हाइड्रोपावरको ३.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस