काठमाडौं, ३० माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से १ दशमलव ८६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।
आज १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ७ अर्ब २४ करोड ६२ लाखको कारोबार भएको थियो ।
आज १३४ धितोपत्रको शेयर मूल्य बढ्दा ९९ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०७ धितोपत्र कारोबारमा आएका छन् ।
आज फाइनान्स समूहको उपसूचक सर्वाधिक १ दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक १ दशमलव ३३, लगानी १ दशमलव २२ र जीवन बीमा शून्य दशमलव ४८ प्रतिशले बढेको छ । यसदिन व्यापार शून्य दशमलव ९१, होटल तथा पर्यटन शून्य दशमलव ६३ र समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ ।
बुधबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढ्दा रिभरफल्स पावरको ८ दशमलव ०२, न्यादी हाइड्रोपावरको ७ दशमलव ५९ र ग्रीन डेभलपमेन्ट बैंकको ७ दशमलव ४६ प्रतिशतले बढेको छ ।
आज दुई कम्पनीको नकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको रहेका छन् । रसुवागढी हाइड्रोपावरको ८ दशमलव ६८ र सन्राइज फोकस इकृटि फाउण्डको ७ दशमलव ०३ प्रतिशतले शेयर मूल्य घटेको छ ।