काठमाडौं, ३० माघ । धनुसामा सासू हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् ।
जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डल पक्राउ परेकी हुन् ।
घरायसी बादविवादको क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।