काठमाडौं, २९ माघ । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७ औँ स्थानमा रहेको छ ।
भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)– २०२४ मा नेपाल झिनो सुधार गरेको हो । धेरै भ्रष्टाचार हुने देशहरुमा गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो ।
विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।
ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । त्यस्तै साउथ सुडान ८ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी ३० वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।