नेप्सेमा १०.९८ अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
२८ माघ २०८१
नेप्सेमा १०.९८ अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

काठमाडौं, २८ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ९८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय २७ दशमलव ३२को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा आएको ह्रासँगै आज कारोबार रकम पनि घटेको छ । यस दिन १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर ७४ हजार ८६४ पटक किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार ३२२ धितोपत्र कारोबारमा आए, जसमध्ये १६१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७१ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार र अन्य समूहको उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । उत्पादनमुलक समूहको सबैभन्दा बढी २.०७ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको १.२३, हाइड्रोको ०.७६, जीवन बीमाको ०.६१, लगानी समूहको ०.४५, माइक्रोफाइनान्सको ०.२७, विकास बैंकको ०.२१, म्युचुअल फन्डको ०.१८ र बैंकिङ तथा होटल समूहको उपसूचक समान ०.१७ प्रतिशतले घटेको छ ।

सोमबार ङादी हाइड्रोपावर र गाडियन माइक्रो लाइफ इन्स्योरेनसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल रि–पब्लिक मिडियाको ८.८४, सप्तकोशी विकास बैंकको ५.७८, मुक्तिनाथ कृषि कम्पनीको ४.६१ र भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको ४.४६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस दिन बोतलर्स नेपाल (बालाजु) र उपकार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर मादी हाइड्रोको ८.२४, सामुदायिक लघुवित्तको ८.१०, अपर लोहोर खोलाको ६.२५, कुमारी धनवृद्धि योजनाको ४.६५ र युनिक नेपाल लघुवित्तको ३.९६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी होल्डिङ लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस