काठमाडौं, २७ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ३१ बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबार दिन बिहीबार ११ दशमलव ६४ अङ्कले घटको थियो ।
आज १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर किनबेच हुँदा रू. ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ६८ धितोपत्रको शेयर मूल्य बढ्दा १६८ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३०५ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सवर्वाधिक १ दशमलव ३९ प्रतिशत बढेको छ । त्यस्तै माइक्रो फाइनान्स शून्य दशमलव २५, उत्पादन शून्य दशमलव १५ र फाइनान्स उपसमूहको परिसूचक शून्य दशमलव ८ प्रतिशतले बढेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ३५ प्रतिशत घटेको छ ।
आज सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफको शेयर आजकै दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । त्यस्तै उपकार लघुत्ति वित्तीय संस्थाको ६ दशमलव ०६ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ०२ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक शेयर मूल्य ६ दशमलव ५२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट र छ्याङदी हाइड्रोपावर क्रमशः अगाडी छन् ।