भारतबाट गहुँ आयात गर्न ५८ कम्पनी इच्छुक

अनलाइनसमय |
२५ माघ २०८१
भारतबाट गहुँ आयात गर्न ५८ कम्पनी इच्छुक

काठमाडौं, २५ माघ । भारतबाट ९० हजार टन गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा देखाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभागले २० माघसम्मको समय राखेर इच्छुक आयातकर्तालाई आवेदन दिन भनेको थियो । तोकिएको कोटाभित्र रहेर गहुँ आयात गर्न ती फर्मले आवेदन दिएका हुन् ।

विभागका अनुसार ती कम्पनीले न्यूनतम १ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउनेछन् ।

गहुँ आयातका लागि नेसननल कोअपरेटिभ एक्स्पोर्टस लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोत सुनिश्चितता भएको हुनुपर्ने, कम्पनीले माग गरेका आधारमा प्राप्त कोटा विभागबाट अघिल्लो वर्ष आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई गहुँ आयात गर्न सक्ने क्षमताका आधारमा प्राथमिकता दिई बाँडफाँट गरिने विभागले जनाएको छ ।

कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस