काठमाडौं, २४ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९९ दशमलव ८१ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच हुँदा रू. ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ७४ धितोपत्रको शेयर मूल्य बढ्दा १६० को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३१५ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार फाइनान्स समूहको उपसूचक १ दशमलव ५८ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको उपसूचकमा ह्रास आएको छ । यसदिन विकास बैंकको उपसूचक सर्वाधिक १ दशमलव ५३ प्रतिशतले घटेको छ ।
आज अपर लोहोर खोला हाइड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्सको ६ दशमलव ५१ र सुपर मादी हाइड्रोपावरको ५ दशमलव ७१ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।