काठमाडौं, २४ माघ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँको ९.७३ प्रतिशतका दरले २९ करोड ४९ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभाशं नियामक निकाय बीमा प्राधिकरण र आगामी साधारणसभाले स्वीकृत गरेपछि लाभांश प्रदान हुनेछ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०४ रुपैयाँ छ ।