काठमाडौं, २१ माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा कुल आन्तरिक कर्जा १ं दशमलव २ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २ दशमलव ६ प्रतिशत बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत पुस मसान्तमा यस्तो कर्जा ४ दशमलव ८ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८ दशमलव ७ प्रतिशत घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो दाबी ८ दशमलव ३ प्रतिशत घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ पुससम्ममा यस्तो दाबी ७ दशमलव १ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५ दशमलव ४ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यस्तो दाबी ४ दशमलव ५ प्रतिशत बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको पहिलो ५ महिनामा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव ९ प्रतिशत बढेको छ ।