४ प्रतिशतले घट्यो सुदूरपश्चिम प्रदेशको क्षेत्रगत औद्योगिक कर्जा

अनलाइनसमय |
१० माघ २०८१
४ प्रतिशतले घट्यो सुदूरपश्चिम प्रदेशको क्षेत्रगत औद्योगिक कर्जा

काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रतर्फको कुल कर्जा प्रवाह घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तुलनामा २०८०/८१ को सोही अवधिमा औद्योगिक क्षेत्रतर्फ ४ दशमलव ७९ प्रतिशतले कर्जा प्रवाह घटेको हो । यो ह्राससँगै प्रदेशको औद्योगिक कुल कर्जा प्रवाह रू. २५ अर्ब ६० करोड १८ लाख रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यस्तो कर्जा प्रवाह ४ दशमलव ७० प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा यस प्रदेशकोे औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कैलाली जिल्लामा ७८ दशमलव ४४ प्रतिशत र सबैभन्दा कम बाजुरा जिल्लामा शून्य दशमलव ४१ प्रतिबत प्रवाह भएको छ । यस्तै कञ्चनपुर जिल्लामा १६ दशमलव ६५, डडेल्धुरामा १ दशमलव ६७, डोटीमा शून्य दशमलव ९४, बैतडीमा शून्य दशमलव ५० प्रतिशत कर्जा प्रवाह भएको छ भने दार्चुलामा शून्य दशमलव ४९ र बझाङमा शून्य दशमलव ४२ प्रतिशत प्रवाह भएको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित औद्योगिक कर्जामध्ये सबैभन्दा बढी धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ३ दशमलव २० प्रतिशतले बढेको छ भने विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी १२ दशमलव १३ प्रतिशतले ह्रास आएको छ ।

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४१ दशमलव २६, गैर खाद्यवस्तुसम्बन्धी उद्योगमा २८ दशमलव ३५, निर्माण सम्बन्धी उद्योगमा २१, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ७ दशमलव ५५, विद्युत र खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ८० प्रतिशत प्रवाह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस