कोशी प्रदेशको उद्योग क्षमता उपयोग ५१ प्रतिशत

अनलाइनसमय |
२९ पुष २०८१
कोशी प्रदेशको उद्योग क्षमता उपयोग ५१ प्रतिशत

काठमाडौं, २९ पुस । कोशी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशका नमुना छनोटमा समेटिएका ४२ उद्योगहरूको औसत क्षमता उपयोग ५२ दशमलव ७ प्रतिशत रहेको छ, जुन गत आर्थिक वर्ष २०७९/८० को यसैअवधिको तुलनामा १ दशमलव ६ प्रतिशत बिन्दुले बढी हो । गत वर्ष यस्तो क्षमता उपयोग ५१ दशमलव १ प्रतिशत थियो ।

समीक्षा वर्षमा टायर तथा ट्यूव उद्योगले सबैभन्दा बढी ९१ शदमलव ३ प्रतिशत र सबैभन्दा कम वनस्पती घिउ उद्योगको ४ दशमलव ४ प्रतिशत क्षमता उपयोग रहेको छ । त्यस्ते ईँटा उद्योगको ८४ दशमलव ५, पशुदाना उद्योगको ८४ र तचेरीको तेल उद्योगको ७९ प्रतिशत क्षमता उपयोग रहेको छ ।

औसतमा ५० प्रतिशत वा सोभन्दा बढी क्षमता उपयोग गर्ने उद्योहरू १५ वटा रहेका छन् भने ५० प्रतिशत भन्दा कम क्षमता उपयोग गर्ने उद्योगको संख्या जम्मा १० रहेको छ ।


स्रोत : नेपाल राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस