मधेश प्रदेशको उद्योग क्षमता उपयोग ५१ प्रतिशत

अनलाइनसमय |
२८ पुष २०८१
मधेश प्रदेशको उद्योग क्षमता उपयोग ५१ प्रतिशत

काठमाडौं, २८ पुस । मधेश प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५१ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ५१ दशमलव ०३ प्रतिशत रहेको छ । गत वर्ष यस्तो क्षमता उपयोग ६१ दशमलव ५६ प्रतिशत थियो ।

समीक्षा अवधिमा हल्का पेय पदार्थ उद्योगले सबैभन्दा बढी ९७ दशमलव ७८ प्रतिशत र सबैभन्दा कम वनस्पती घिउ उद्योगको शून्य दशमलव ४० प्रतिशत क्षमता उपयोग रहेको छ । पछिल्लो समय वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिकको विकल्पमा भटमासको तेल र पाल्म तेलको प्रयोग बढ्दै गएकाले उत्पादन घट्दै गएको देखिन्छ ।

सो अवधिमा प्लाष्टिकजन्य उद्योगको र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमतामा अघिल्लो अवधिको तुलनामा घटेको छ ।

समीक्षा अवधिमा फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग ४१ दशमलव २५, गहँुको पिठो उद्योगको ७३ दशमलव ६९, भटमासको तेल उद्योगको क्षमता उपयोग १४ दशमलव २३ प्रतिशत रहेको छ भने साबुन उद्योगको क्षमता उपयोग २९ दशमलव १९ प्रतिशत छ ।

त्यस्तै आल्मुनियम उत्पादन उद्योगको क्षमता उपयोग ८५ दशमलव ७५, केमिकल लिकुइड पदार्थ उद्योगको ४३ दशमलव २६, सिमेन्ट उद्योगको ३७ दशमलव ६९, घरेलु धातुका सामान उद्योगको ६८ दशमलव ६० प्रतिशत रहेको छ । यसपछि लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा अन्न तथा पशु दानाअन्तर्गत पशुदाना, स्टिलजन्य उत्पादन, चामल, धागो, चुरोट, तोरीको तेल, चिनी, कागज (अखबारी कागजबाहेक) र ड्राई सिरप उद्योगको क्षमता उपयोग क्रमशः ६० दशमलव ३९, ६५, ७६ दशमलव ६०, ९३ दशमलव ४४, ५२ दशमलव ६७, ८७ दशमलव ४४, ३३ दशमलव ८०, ४६ दशमलव ७७, २९ दशमलव ८३ र ७ दशमलव ३३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस