कोशी प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघदेखि

अनलाइनसमय |
२८ पुष २०८१
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघदेखि

काठमाडौं, २८ पुस । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गतेदेखि सुरु हुने भएको छ ।

आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन् ।

गत जेठ ११ देखि सुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशन राजनीतिक कारणले ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि पुनः १८ भदौदेखि सुरु भएको बैठक ४ असोजदेखी अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस