६.१६ अङ्कले बढ्यो नेप्से, फाइनान्समा सर्वाधिक वृद्धि

अनलाइनसमय |
२३ पुष २०८१
६.१६ अङ्कले बढ्यो नेप्से, फाइनान्समा सर्वाधिक वृद्धि

काठमाडौं, २३ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव १६ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ४६ दशमलव ८४ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन ४९.१२ अङ्कले बढेको नेप्से २,६४० को विन्दुमा कायम भएको छ ।

आज कारोबार रकम भने घटेको छ । १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ३ करोडको कारोबार भएको थियो ।

मंगलबार ३०५ धितोपत्र कारोबारमा आए, जसमध्ये १२६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०७ धितोपत्रको मूल्य घटेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी २.६५ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंकको ०.८०, जीवन बीमाको ०.६७, व्यापार समूहको ०.५९, माइक्रोफाइनान्सको ०.४४, हाइड्रोपावरको ०.४२ र म्युचअल फन्डको उपसूचक ०.३५ प्रतिशतले बढेको छ । यस दिन उत्पादनमुलक समूहको ०.२५, बैंकिङको ०.२१, होटल एन्ड टुरिजमको ०.०४ र अन्य समूहको उपसूचक ०.१८ प्रतिशतले घटेको छ ।

मंगलबार सप्तकोशी डिभलपमेन्ट बैंक र ङादी हाइड्रोपारको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको ९.९९, सिन्धु विकास बैंकको ९.७७, समृद्धी फाइनान्सको ९.०६, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ८.६०, अपर हेवाखोला हाइड्रोको ८.३७, ग्रीन डिभलपमेन्ट बैंकको ८.२० र रिभर फल्स पावरको ८.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी डिभलपमेन्ट बैंक, साहस उर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भुगोल इनर्जी डिभलपमेन्ट कम्पनी क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस