४९.१२ अङ्कले बढेको नेप्से २,६४० को विन्दुमा, ६ अर्ब ३ करोडको कारोबार

अनलाइनसमय |
२२ पुष २०८१
४९.१२ अङ्कले बढेको नेप्से २,६४० को विन्दुमा, ६ अर्ब ३ करोडको कारोबार

काठमाडौं, २२ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९ दशमलव १२ अङ्क अर्थात् १ दशमलव ८९ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ४० दशमलव ६८ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ५.३२ अङ्कले बढेको नेप्से २ हजार ५९१ को विन्दुमा बन्द भएको थियो ।

नेप्सेमा आएका वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर ७५ हजार ५४० पटक किनबेच हुँदा ६ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएको थियो ।

सोमबार ३१२ धितोपत्र कारोबारमा आए, जसमध्ये २२६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १२ धितोपत्रको मूल्य घटेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । यस दिन हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा धेरै ३.५५ प्रतिशतले बढेको छ । त्यस्तै लगानी समूहको ३.२३, होटल एन्ड टुरिजमको ३.०५, विकास बैंकको २.४६, फाइनान्सको १.१९, बैंकिङको १.०९ प्रतिशतले बढेको छ ।

सोमबार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सुपर मादी हाइड्रोपावरको ९.७०, साहस उर्जाको ८.७१, माया खोला हाइड्रोपावरको ८.५९ र सप्तकोशी डिभलपमेन्ट बैंकको ८.२५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस दिन उपकार लघुवित्त र सामूदायिक लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै १०.५० प्रतिशत एसबिएल डिबेन्चर २०८२ को ५.५०, एनआइसी एशिया ऋणपत्रको ३.०५ र ग्लोबल आइएमई ब्यालेन्स फन्डको २.९६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इनफ्रास्ट्रक्चर, साहस उर्जा, पीपुल्स हाइड्रोपावर, डोल्टी पावर कम्पनी र सप्तकोशी डिभलपमेन्ट बैंक क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस