काठमाडौं, २१ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) खुला गरेको छ ।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसअघि १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड भइसकेको छ । त्यस्तै ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ ।
आईपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ कराड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।