काठमाडौं, १९ पुस । कर्णाली प्रदेश सभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भूमि व्यवस्था कृर्षी तथा सहकारी मन्त्री बिनोद कुमार शाहले जानकारी दिए ।
यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो ।
प्रवक्ता शाहका अनुसार शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना पनि स्वीकृत गरेको छ ।