२५ सय विन्दुमा झर्‍यो नेप्से, फाइनान्स समूहमा उच्च गिरावट

अनलाइनसमय |
१६ पुष २०८१
२५ सय विन्दुमा झर्‍यो नेप्से, फाइनान्स समूहमा उच्च गिरावट

काठमाडौं, १६ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक ३३ दशमलव ०८ अङ्कले घटेर २ हजार ५ सय ७६ दशमलव ५० को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन २१.१२ अङ्कले घटेको नेप्से परिसूच २,६०९ को विन्दुमा कायम भएको थियो ।

आज कारोबार रकम भने केही बढेको छ । १ करोड ३१ लाख ७४हजार ३७९ कित्ता शेयर ६९ हजार ९२३ पटक किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएको थियो ।

मंगलबार ३०८ धितोपत्र कारोबारमा आए, जसमध्ये २१३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै २८ धितोपत्रको मूल्य बढेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै व्यापार समूहको २.९७, विकास बैंकको २.७७, हाइड्रोपावरको १.७३, उत्पादनमुलक समूहको १.५१, माइक्रोफाइनान्सको १.४१, होटल एन्ड टुरिजमको १.३८, निर्जीवन बीमाको ०.९५, बैंकिङ समूहको ०.९२, जीवन बीमाको ०.६५, म्युचअल फन्डको ०.३८ र लगानी समूहको उपसूचक ०.०८ प्रतिशतले घटेको छ ।

मंगलबार नदेप लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ४.०१ प्रतिशतले बढेको छ । त्यस्तै उपकार लघुवित्तको ४, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१० र मेगा म्युचअल फन्डको ३.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै नारायणी डिभलपमेन्ट बैंकको ९.९९,गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ९.३४ र बोटलर्स नेपाल (तराई) लिमिटेडको ९.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक क्रमशः अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस