काठमाडौं, १६ पुस । आजदेखि लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक आज दिउँसो दुई बजे देउखुरीमा बस्दैछ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० अनुसार लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन पुस १६ गते दिउँसो २ बजेका लागि आह्वान गरेका थिए ।
पहिलो बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने र दलको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ ।
त्यस्तै यो बैठकमा यसअघि प्रदेश सभाबाट सर्वसम्मत पास भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसँग पुगेर फिर्ता भएको कर्मचारी विधेयक प्रमुख एजेन्डाको रूपमा रहेको छ ।
हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।