करिब १३ अर्ब रुपैयाँको दावी परेकोमा साढे एक अर्बको मात्रै भुक्तानी

अनलाइनसमय |
१५ पुष २०८१
करिब १३ अर्ब रुपैयाँको दावी परेकोमा साढे एक अर्बको मात्रै भुक्तानी

काठमाडौं, १५ पुस । गत असोजको ११ र १२ गतेको बाढीपहिरोले पुर्‍याएको क्षतिमा करिब १३ अर्ब रुपैयाँको दावी परेकोमा साढे एक अर्बको मात्रै भुक्तानी भएको छ ।

बिमा प्राधिकरणका अनुसार सो बाढीपहिरोले पुर्‍याएको क्षतिमा पुस ११ गतेसम्ममा रू. १२ अर्ब ८८ करोड ९३ लाखको दावी परेकोमा रू. १ अर्ब ५२ करोड १८ लाखको भुक्तानी भएको छ । १८ वटा बिमा कम्पनीले एक हजार ७२० दावी भुक्तानी गरेका छन् । जम्मा दावी ३ हजार ६७६ परेको थियो ।

शिखर कम्पनीले सबैभन्दा धेरै रू. ३१ करोड ३८ लाख दावी भुक्तानी गरेका छन् । यस कम्पनीलाई रू. १ अर्ब १४ करोड २३ लाख दावी परेको थियो । यसपछि सिद्धार्थ प्रिमियर कम्पनीले रू. ३० करोड ३५ लाख दावी भुक्तानी गरेका छन् । यस कम्पनीलाई रू. २ अर्ब ६३ करोड १ लाखको दावी परेको थियो । यो सबैभन्दा धेरै दावी रहेको तथ्याङ्कले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस