बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन, यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

अनलाइनसमय |
११ पुष २०८१
बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन, यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं, ११ पुस । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न समिति बनाएको हो ।

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद बैठकका विभिन्न १२ वटा निर्णय गर्दै सो जानकारी दिएका हुन् ।

समितिमा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजक रहनेछन् । यसैगरी अर्थ सचिव र विज्ञ सदस्यको रुपमा ज्योतिचन्द्र ओझा रहनेछन् ।

निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारको मुद्दा परेपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष पद रिक्त छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरूद्ध अख्तियार दुरूपयोग आयोगले विशेष अदालतमा किर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका हुन् । हाल अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहालले सम्हालिरहेका छन् ।

यस्तै मन्त्रीपरिषद बैठकले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस