पर्यटन मन्त्रालयका सेवाहरु सबैै प्रदेशमा विस्तार गर्ने तयारी

अनलाइनसमय |
११ पुष २०८१
पर्यटन मन्त्रालयका सेवाहरु सबैै प्रदेशमा विस्तार गर्ने तयारी

काठमाडौं, ११ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै सङ्घीयता सवलीकरणमा लागिरहेको बताएका छन् ।

बिहीबार सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधान विषयमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिहेको बताए ।

उनले भने, ‘विषयगत समितिलाई क्रियाशील बनायौं भने सङ्घीयता प्रभावकारी हुने हो । हाम्रो मन्त्रालयअन्तर्गत रहेको विषयगत समितिको दोस्रो बैठक सम्पन्न भएको छ । त्यसमा गाउँपालिका र नगरपालिका महासंघका प्रमुखहरुलाई समेतको प्रतिनिधित्व गराएका छौं ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लर प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनुपर्नेमा जोड दिए । उनले विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रलाई युनेस्काले जोखिमको सूचीमा सूचीकृत गरेको स्मरण गर्दै भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको र छ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको समेत उल्लेख गरे । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।

साथै मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावहाक एयरक्राप्टमा समस्या रहेको बताउनुहुँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस