४.१९ अङ्कले बढ्यो नेप्से

अनलाइनसमय |
११ पुष २०८१
४.१९ अङ्कले बढ्यो नेप्से

काठमाडौं, ११ पुस । यस साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव १९ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ३० दशमलव ७१ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन १४ दशमलव ११ अङ्कले बढेको नेप्से २,६२६ को कायम भएको थियो ।

आज कारोबार रकम पनि बढेको छ । २ करोड ९ लाख ७८ हजार ९८० कित्ता शेयर ६१ हजार ८३९ पटक किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार ३१० धितोपत्र कारोबारमा आए, जसमध्ये १६३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७० धितोपत्रको मूल्य बढेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । यस दिन बैंकिङ् समूहको १.८१, जीवन बीमाको ०.२७, काइक्रोफाइनान्सको ०.१४ र व्यापार समूहको उपसूचक २.३१ प्रतिशतले बढेको छ ।

आज फाइनान्स समूहको उपसूचक २.७० प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको २.४८, हाइड्रोपावरको १.२८, होटल एन्ड टुरिजमको ०.७८, जीवन बीमाको ०.३०, निर्जीवन बीमाको ०.२६, म्युचुअल फन्डको ०.२४, उत्पादनमुलक समूहको ०.०८ र अन्य समूहको उपसूचक ०.१६ प्रतिशतले बढेको छ ।

बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८६, कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ र गाणपति लघुवित्तको ४.१४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तैजोशी हाइड्रोपावरको ९.९९, सप्तकोशी विकास बैंकको ९.४४, ग्रीन डिभलपमेन्ट बैंकको ८.४०, र सामुदायिक लघुवित्तको ६.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस