काठमाडौं, ११ पुस । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी, दार्चुला पावर लिमिटेडमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको पुस १० गते बसेको बैठकले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।
त्यसअघि कम्पनीको २१ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानी गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी दिएको थियो ।