काठमाडौं, ९ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय २६ दशमलव ३१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २,६१२ को विन्दुमा कायम भएको थियो ।
आज कारोबार रकम पनि घटेको छ । एक करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४३ करोडको कारोबार भएको थियो ।
मंगलबार ३१२ धितोपत्र कारोबारमा आए, जसमध्ये १६७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७१ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक रव्यापार समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन विकास बैंक समूहको उपसूचक सबैभन्दा बढी १.७५ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्सको १.६२, माइक्रोफाइनान्सको ०.९५, लगानी समूहको ०.७१, होटल एन्ड टुरिजमको ०.९४, बैंकिङको ०.७६, हाइड्रोपावरको ०.७१, निर्जीवन बीमाको ०.५६, जीवन बीमाको ०.२८, म्युचअल फन्डको ०.११ र अन्य समूहको उपसूचक ०.४९ प्रतिशतले बढेको छ ।
मंगलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्त छन् । त्यस्तै न्यादी हाइड्रोपावरको ८.६०, सप्तकोशी विकास बैंकको ७.५४, धौलागिरी लघुवित्तको ७.०६ र जोशी हाइड्रोपावरको ५.९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै जानाकी फाइनान्सको ८ तथा युनिलिभर नेपालको ७.२३, एनएमबी–५० को ५.५७ र सेन्चुरी डिबेन्चर २०८८ को ५.१५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी नेपाल र न्यादी हाइड्रोपावर क्रमशः अगाडि छन् ।