काठमाडौं, ९ पुस । प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पनि निलम्बनमा परेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।
सोमबार सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको सूचना टाँस गरेका थिए ।
रविविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर भएको थियो । प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएकाले सांसद पदबाट निलम्बन गर्न सभामुखलाई पत्र लेखेको थियो ।
कास्की प्रहरीको पत्र र कानूनविद्को रायका आधारमा सभामुख देवराज घिमिरेले सोमबार साँझ लामिछानेको सांसद पद निलम्बन भएको सूचना निकालेका थिए ।
यता निलम्बनविरुद्ध रास्वपा अदालत जाने तयारीमा छ ।