• अर्थ, ताजा समाचार

    नेपालको सबैभन्दा बढी व्यापार घाटा र बचतमा रहेका १० मुलुक

     43 Views
    नेपालको सबैभन्दा बढी व्यापार घाटा र बचतमा रहेका १० मुलुक

    काठमाडौं, ८ पुस । चालू आर्थिक वर्ष (आव)२०८१/८२ को पहिलो पाँच महिनामा नेपालले डेढ सय मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको पक्षमा छैन । सो अवधिमा १४९ वटा देशसँग व्यापार हुँदा ११९ देशसँग नेपाल व्यापार घाटामा छ । बाँकी ३० देशसँगको व्यापारमा मात्रै नेपाल बचतमा रहेको भन्सार विभागले जनाएको छ ।

    चालू आवको मंसिरसम्ममा नेपालले छिमेकी मुलुक भारतसँग सबैभन्दा बढी व्यापार घाटा बेहोरेको छ । भारतसँग ३ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ बराबरको व्यापार घाटा छ । पाँच महिनामा नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ५२ अर्ब १ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । नेपालको वैदेशिक व्यापारमा भारत सबैभन्दा अगाडि छ ।

    भारतपछि नेपालले छिमेकी मुलुक चीनसँग पाँच महिनामा १ खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा चीनबाट १ खर्ब ३१ अर्ब ३७ करोड मूल्य बराबको वस्तु तथा सेवा आयात गर्दा नेपालले चीनतर्फ १ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ निर्यात गरेको छ ।

    नेपालले व्यापार घाटा बेहोरेको मुलुकमध्ये तेस्रोमा अर्जेन्टीना रहेको छ । चालू आवको मंसिरसम्ममा नेपालले अर्जेन्टीनाबाट ६५ अर्ब १५ करोड मूल्य बराबरको वस्तु आयात गर्दा ३५ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।

    यसैगरी चालू आवको मंसिरसम्ममा नेपाल सबैभन्दा बढी बचतमा अफगानस्तानसँग छ । सोही अवधिमा नेपाल अफगानस्तानसँग ३९ करोड ५७ लाखभन्दा बढीको बचतमा छ । यस अवधिमा नेपालले अफगानस्तानतर्फ ४० करोड ८१ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने १ करोड २३ अर्ब रुपैयाँको मात्रै वस्तु आयात गरेको छ ।

    नेपालको व्यापार बचतमा रहेका देशमध्ये दोस्रोमा डेनमार्क छ । चालू आवको मंसिरसम्ममा नेपालले डेनमार्कतर्फ २ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ छ भने १० करोड १३ लाख रुपैयाँको आयात गरेको छ ।

    यस्तै अष्ट्रियातर्फ नेपालले पाँच महिनामा १९ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा आयात १२ करोड रुपैयाँको गरेको छ । लाटभियासँग नेपाल १ करोड ७४ लाख रुपैयाँ व्यापार बचतमा छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment